
प्रतिनिधिसभा नियमावलीलाई थप कडाइका साथ लागू गर्ने प्रस्ताव अघि सारिएको छ। प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यसँग सम्बन्धित व्यवस्था संघीय कानुनसरह लागू हुने उल्लेख गरिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मस्यौदामा प्रस्तावना, परिभाषा, अधिवेशन सञ्चालन, सदस्यको उपस्थिति, संविधान संशोधन विधेयक, महाअभियोग प्रस्तावलगायत विषयलाई थप स्पष्ट बनाइएको छ। मस्यौदामा सांसदको उपस्थितिलाई विशेष रूपमा कडाइ गरिएको छ। समितिमा लगातार पाँच बैठक अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले हटाउन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, संसद् बैठकमा प्रयोग हुने शब्दप्रति पनि कडाइ गरिएको छ। अशिष्ट, अपमानजनक, भेदभावपूर्ण वा अप्रमाणित आरोप लगाउने खालका शब्दलाई ‘असंसदीय शब्द’ भनेर स्पष्ट रूपमा परिभाषित गरिएको छ। नियमावलीमा मन्त्रीहरूले संसद्मा उठेका विषयको […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com