
ललितपुरको सातदोबाटोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब १ बजेतिर सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले सोही दिशामा अघि बढिरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक ६५ वर्षीय बिदुर गुरुङ र उनकी आमा ८४ वर्षीया धनमाया गुरुङको ज्यान गएको हो। धनमाया मोटरसाइकलको पछाडि सवार थिइन्। सुनसरी स्थायी घर भएका गुरुङ हाल ललितपुरको सानेपामा बस्दै आएका थिए। उनी सशस्त्र प्रहरी बलका अवकाशप्राप्त एसपी हुन्। दुर्घटनापछि घाइते अवस्थामा दुवैलाई तत्काल अल्का अस्पताल लगिएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रकले बागमती एए ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना सडकको […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com